ट्रेन्डिङ

जसपाका सरोज यादव पुन: मुख्यमन्त्रीमा नियुक्त

जनपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी मधेशका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको थियो ।

तर, तोकिएको समयभित्र कुनै पनि दलले मुख्यमन्त्रीमा दाबी पेस नगरेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर ५ गते शनिबार बिहान ८ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न समय दिइएको थियो ।

तर, उक्त समयभित्र कुनै पनि दलले दाबी पेस नगरेपछि प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा जनता समाजवादी पार्टी नेपालका सांसद सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्णकुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै