बारा । स्कारपियोको ठक्करबाट बारामा एक जनाको मृत्यु भएको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर १ हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको हो । बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको बिआर १९ जि ९९२१ नम्बरको भारतिय स्कारपियोले विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार ३ जनाको उद्दार गरि एलएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर २१ बस्ने धिरज यादव रहेका बारा प्रहरी प्रमुख नरेन्द्र कुवँरले जानकारी दिए । उनका अनुसार दुर्घटनामा टाउको तथा शरिरका विभिन्न चोट लागि गम्भीर घाइते भएका यादवको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा थप दुइ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकलमा सवार भोडहा बस्ने १६ वर्षका नगेश साह र १८ वर्षका अरुण यादव छन् ।
उनीहरु दुवै जनाको सोही अस्पतालमा भइरहेको प्रहरीले जनायो ।
प्रहरीले स्कारपियो र चालक रौतहट परोहा नगरपालिका वडा नम्बर ३ बस्ने अरुण कुमार दुबेलाई पक्राउ गरेको जानकारी दिएको छ ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बतायो ।
यसैबिच बारा प्रहरीले चाडपर्वको समयमा सवारी साधन चलाउदाँ विशेष ध्यान दिन आग्रह गरेको छ । चाडपर्वको समयमा ओभर टेक नगर्न, ओभर लोड नगर्न, हेलमेटको अनिवार्य प्रयोग गर्न, रफ तरिकाले सवारी नचलाउन अनुरोध गरेको हो ।