ट्रेन्डिङ

पत्रकार किशोर श्रेष्ठलाई लगियो साइबर ब्युरो, के हो कारण ?

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गरिएको छ ।

उनलाई छलफलका लागि भन्दै शनिबार नेपाल प्रहरीको साइबर ब्युरोको नख्खुको कार्यालय लगिएको हो । जनआस्था साप्ताहिकका प्रधानसम्पादक समेत रहेका पत्रकार श्रेष्ठलाई लिन आज बिहान ब्युरोको टोली घरमै पुगेको थियो ।

रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । यद्यपी कुन जाहेरीबाट श्रेष्ठलाई पक्राउ गरिएको भन्ने जानकारी दिइएको छैन ।

श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो । उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटर लगायतका विद्युतीय सामग्रीहरु नियन्त्रणमा समेत लिएको थियो ।

तर बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारेको थियो । त्यसपछि उनी भदौ १ गते हिरासत मुक्त भएका थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै