काठमाण्डौँ । बडा दसैँको बिदाको समयमा पनि महाष्टमीसम्म बजार अनुगमन गरिने भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अष्टमीसम्म बजार अनुगमन जारी राख्ने जनाएको हो । महानवमीदेखि टीकाको भोलिपल्टसम्म भने बजार अनुगमन पूर्ण रूपमा बन्द रहने विभागको भनाइ छ ।
कर्मचारीहरू बिदामा घर जाने भएकाले बजार अनुगमन टोलीको संख्या समेत घटाइएको विभागका सूचना अधिकारी अनिल किराँतीले बताए ।
त्यसपछि पुनः नियमित अनुगमन सुरु हुने विभागले जानकारी दिएको छ ।