वीरगन्ज । वीरगन्जमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
वीरगन्ज-१६ भानु चोकमा इभीको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वडा नम्बर १६ नहवा बस्ने ४५ वर्षकी मिरा कुमारी गुप्ता रहेकी पर्सा प्रहरीले जनाएको छ ।
उनलाइ बुधबार वीरगन्जबाट पथलैयातर्फ जांदै गरेको बा प्र ०३-००१ ज ०७२० नम्बरको इभीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट टांउको, दाहिने खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको थियो । उनको उपचारका क्रममा वीरगन्जस्थित न्यूरो अस्पतालमा ज्यान गएको पर्सा प्रहरीका डिएसपी चक्र बहादुर मल्लले बताए ।
प्रहरीका अनुसार गाडी र चालक सिन्धुली कमलामाइ नगरपालिका वडा नम्बर २ निबुवातार बस्ने ६० वर्षका राम कुमार कार्कीलाइ नियन्त्रणमा लिएको छ ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।