ट्रेन्डिङ

सुनको मूल्य एकैदिन ७ हजार ६ सय रुपैयाँले बढ्यो, तोलाको ३ लाख ४ हजार ९ सय पुग्यो

वीरगन्ज। नेपाली बजारमा सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदी बिहीबार ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य एकैदिन प्रतितोला १ सय ४५ रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार बिहीबार १० ग्राम चाँदीको मूल्य ४ हजार ५१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै