जनकपुर । जनकपुरमा पनि कर्फ्यू लागेको छ ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार विभिन्न चारकिल्ला समावेश गरि कर्फ्यू लगाईएको हो ।
कर्फ्यू लगाईएका क्षेत्रहरुमा हिँडडुल गर्न र भेला, जुलुस, सभा लगायतका कार्यमा रोक लगाईएको छ । भने कर्फ्यूको पालना नगर्ने जोकोहिलाई कानुनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी लुइँटेलको चेतावनी छ ।
कुन कुन क्षेत्रमा कर्फ्यू ?
उत्तर : लक्ष्मिनिया हाट बजार चोक हुँदै पश्चिम सिनुरजोडा चोकसम्म, पूर्वमा लक्षमीपुर बगेवासम्म
पूर्व : बेलौनी रोड- एम क्यु स्टीलबाट ५०० पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म
दक्षिण : नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म
पश्चिम : सिनुरजोडा- सोहनी- मनिमण्डप नेपाल – नर्सरी- इस्कोन जनकपुर – दुधमति पुल – बेला- कादरी मस्जिद
