ट्रेन्डिङ

पर्सा प्रहरी प्रमुख फेरिए, नयाँ एसपी भट्टराई आउँदै

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकको सरुवा भएको छ।

उनलाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ।

उनको स्थानमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईलाई पर्सा पठाइएको छ।

भट्टराई बुधबार नै पर्सा पुगेर जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका छन्।

यसअघि भट्टराईले काठमाडौं प्रहरी परिसरमा प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनी जेनजी आन्दोलनपछि पाल्पाबाट काठमाडौं सरुवा भएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै