ट्रेन्डिङ

पर्सामा १०२ किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक र कार पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा  लागु औषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित भारतीय नम्बर प्लेटको एक कार र चालकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाको आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री सडक खण्डमा जानकीटोलाबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको बीआर ०१ सियु ३५४४ नम्बरको सेतो रंगको स्पोर्ट्स कारलाई शंकाको आधारमा रोकेको थियो।

सोही क्रममा प्रहरीले कारको खानतलासी गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको १० वटा पोकामा१०२ केजी ६३८ ग्राम लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त गाँजासहित भारतको बिहार राज्य, पश्चिम चम्पारण (बेतिया) नवलपुरका ३२ वर्षीय गुडु बर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गाँजा, कार र चालकलाई नियन्त्रणमा लिएर लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै