काठमाडौं । कीर्तिपुरमा हत्या आरोपितलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ अभियानका क्रममा गोली चलाएर एक युवकलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति विपिन घिमिरे हत्या प्रकरणका आरोपित हुन् ।
उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।