ट्रेन्डिङ

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणाविरुद्ध पक्राउ अनुमति जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गर्न अनुमति मागेपछि जिल्ला अदालत काठमाडौंले त्यसलाई स्वीकृति दिएको हो।

अदालतको आदेशसँगै देउवा दम्पती कानुनी घेरामा आएका हुन्।

हाल उनीहरू हङकङमा रहेको जनाइएको छ।

सरकारले चैत १३ गते बालेन शाहको नेतृत्वमा गठन भएपछि पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार पहिलो चरणमा देउवा दम्पतीमाथि कारबाही अघि बढाइएको हो।

यसैबीच, भदौ २४ गते भएको जेनजी प्रदर्शन का क्रममा बूढानिलकण्ठस्थित देउवा निवासमा आगजनीसमेत भएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस प्रकरणसँगै पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट, शंकरलाल अग्रवाल र उनका छोरा शुलभ अग्रवाल माथि पनि अनुसन्धान अघि बढाएको जनाएको छ।

यता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक भने आयोगको प्रतिवेदनका आधारमा पक्राउ परिसकेका छन् र हाल थुनामा रहेको बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै