ट्रेन्डिङ

मधेसमा बुधवार चट्याङ, हावाहुरी र असिनासहित वर्षा सम्भावना, सतर्कता अपनाउन आग्रह

जनकपुर । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार मधेस प्रदेशमा मौसम प्रतिकूल रहने चेतावनी दिएको छ।

विभागका अनुसार चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ, जसको असर बुधबार थप बढ्नेछ।

यसका कारण मधेस प्रदेशका विभिन्न स्थानमा मौसम बिग्रने सम्भावना देखिएको हो।

मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

विशेषगरी तराई क्षेत्रमा हावाहुरीको जोखिम रहने भएकाले दैनिक कामकाजमा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

यस्तै, पश्चिम नेपालबाट सुरु हुने मौसम प्रणालीको प्रभाव दिउँसोसम्म काठमाडौं हुँदै देशका अन्य भागमा फैलिने बताइएको छ।

यद्यपि, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी रहने जनाइएको छ।

विभागका अनुसार बिहीबार पनि देशभर बदली कायम रहनेछ।

मधेस प्रदेशमा पनि आंशिकदेखि सामान्य बदलीसहित मौसम केही समय अस्थिर रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै