ट्रेन्डिङ

वीरगन्जमा ७ बिचौलिया पक्राउ, मधेशभर ३४ जना नियन्त्रणमा

जनकपुर । मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय बिचौलियाविरुद्ध प्रहरीले व्यापक कारबाही थालेको छ।

सो क्रममा प्रदेशभरबाट ३४ जना बिचौलिया पक्राउ परेका छन्।

गृहमन्त्रालयको निर्देशनपछि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क तथा ट्रायल सेन्टरहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

मधेश प्रदेश प्रहरी प्रमुख गोबिन्द थपलियाका अनुसार सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने र गैरकानुनी लाभ लिने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको छ।

जिल्लागत विवरणअनुसार वीरगन्जबाट मात्रै ७ जना पक्राउ परेका छन्।

त्यसमध्ये नारायणी यातायात व्यवस्था कार्यालयबाट ४ जना र मालपोत कार्यालयबाट ३ जना रहेका छन्।

यसैगरी सर्लाहीबाट ९ जना (मालपोतबाट ७ र ट्रायल सेन्टरबाट २), रौतहटबाट ६ जना (मालपोत, अदालत र बस पार्क क्षेत्र), सप्तरीबाट ११ जना र सिरहाबाट १ जना पक्राउ परेका छन्।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले आगामी दिनमा यस्ता बिचौलियाविरुद्ध कारबाही अझ कडाइका साथ जारी राख्ने संकेत दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै