काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज सुनको मूल्य १० ग्रामका लागि २ लाख ५० हजार १७० रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।
आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैगरी, १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ कायम गरिएको छ ।