ट्रेन्डिङ

टिचिङ अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई स्वास्थ्य जाँचका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।

अस्पताल स्रोतका अनुसार उनलाई जटिल प्रकृतिका बिरामीका लागि छुट्याइएको ‘रेड जोन’ अन्तर्गतको बेड नम्बर २७ मा राखेर निगरानीमा राखिएको छ।

चिकित्सकहरूका अनुसार यस्तो क्षेत्रमा विशेष निगरानी आवश्यक पर्ने बिरामीलाई राख्ने गरिन्छ।

ओली यसअघि मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी भएकाले उनको स्वास्थ्य अवस्थाबारे मिर्गौला विशेषज्ञमार्फत विस्तृत

परीक्षण गर्ने तयारी गरिएको जनाइएको छ। प्रारम्भिक जाँचपछि थप उपचार प्रक्रिया चिकित्सकको सुझावअनुसार अघि बढाइने अस्पतालले जनाएको छ।

यसैबीच, पछिल्लो समय भएको जेनजी आन्दोलन दमनसँग सम्बन्धित मुद्दामा अनुसन्धानका लागि आज बिहान प्रहरीले उनलाई भक्तपुरस्थित गुण्डु निवासबाट नियन्त्रणमा लिएको थियो।

पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइँदै गर्दा स्वास्थ्य अवस्था परीक्षणका लागि अस्पताल लगिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै