काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ।
नवगठित सरकारमा विभिन्न मन्त्रालयहरूको जिम्मेवारीसमेत तोकिएको छ।
सरकारको गृहमन्त्रीमा सुदन गुरुङ नियुक्त भएका छन् भने अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्।
कानुन मन्त्रालय सोविता गौतमलाई दिइएको छ।
ऊर्जा मन्त्रालयको जिम्मा विराज भक्त श्रेष्ठले पाएका छन् भने परराष्ट्र मन्त्रालय शिशिर खनाल र पर्यटन मन्त्रालय गणेश पौडेललाई दिइएको छ।
त्यस्तै, सामान्य प्रशासन मन्त्रालय प्रमिला रावल, कृषि मन्त्रालय गीता चौधरी, सञ्चार मन्त्रालय विक्रम तिमिल्सिना तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुरेश लम्साललाई जिम्मा दिइएको छ।
शिक्षा मन्त्रालय सरोज पराजुली, महिला, बालबालिका मन्त्रालय सीता बादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहता र श्रम मन्त्रालय दिपक शाहले सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री शाहले भने रक्षा, उद्योग तथा वाणिज्य मन्त्रालय आफैंसँग राखेका छन्।