ट्रेन्डिङ

राष्ट्रपति भवनमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । शीतल निवासस्थित राष्ट्रपति भवनमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहणका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्।

उनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको शपथपछि आजै नयाँ मन्त्रीमण्डल गठनको प्रक्रिया अघि बढाइने र नियुक्त मन्त्रीहरूले समेत पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ।

शपथग्रहण समारोहमा देशका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, साथै समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै