ट्रेन्डिङ

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

वीरगन्ज । नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः गिरावट देखिएको छ ।

शुक्रबारको तुलनामा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख नौ हजार ४०० कायम भएको छ ।

शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला चार हजार ८०० ले घटेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी प्रतितोला रु पाँच हजार २७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा चाँदी प्रतितोला रु २२५ ले सस्तो भएको हो ।

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु तीन लाख १४ हजार २०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला रु पाँच हजार ४९५ पुगेको थियो ।

त्यसअघि बिहीबार सुन प्रतितोला रु तीन लाख १७ हजार र चाँदी रु पाँच हजार ५१५ मा कारोबार भएको थियो ।

यसैगरी, बुधबार सुन प्रतितोला रु तीन लाख १९ हजार कायम भएको थियो भने चाँदी प्रतितोला रु पाँच हजार ७२० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उतारचढाव भइरहेकामा आज एक औँस सुन करिब पाँच हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सेतो धातु चाँदीको मूल्य भने प्रतिऔँस करिब ८१ अमेरिकी डलर कायम रहेको बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै