ट्रेन्डिङ

बालेनले बुझाए निर्वाचन खर्च, कुन शीर्षकमा कति ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनले निर्वाचन कार्यालय झापामा सोमबार खर्च विवरण बुझाएका हुन् । जसअनुसार विभिन्न शीर्षकमा जम्मा १४ लाख १७ हजार २८९ खर्च भएको विवरणमा उल्लेख छ ।

विवरणमा उल्लेख भएअनुसार सबैभन्दा बढी वडास्तरीय प्रचार कार्यक्रममा रकम खर्च भएको छ । अर्थात् उक्त शीर्षकमा पाँच लाख ८० हजार खर्च भएको विवरण छ । यसैगरी दुईवटा सवारी साधनमा प्रयोग बापत दुई लाख ९३ हजार ८०० खर्च भएको विवरणमा उल्लेख छ ।

यस्तै प्रचार प्रसार सामग्रीको छपाइ (झण्डा एवम् ब्याचमा) एक लाख ५७ हजार ४१ रुपैँया खर्च भएको जनाइएको छ ।

फागुन २१ गते भएको निर्वाचनमा शाह झापा–५ बाट अत्यधिक मतले विजयी भएका थिए ।

कुन शीर्षकमा कति खर्च ?

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै