वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
चौरसियाले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३ सय १३ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।
क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौरसियाले २९ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले १६ हजार ३ सय ६६ मत ल्याएका छन् ।
त्यस्तै नेकपा (एमाले)का उम्मेदवार रुपेश पाण्डेले ११ हजार ९ सय १४ मत प्राप्त गरेका छन् ।
पर्सा–३ मा रहेका ९६ हजार ५ सय ४२ मतदातामध्ये ६७ हजार १ सय १३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।