ट्रेन्डिङ

पर्सा-३ मा रास्वपाका उम्मेदवार रामाकान्तको अग्रता कायमै, दोस्रो स्थानमा कुन पार्टी ?(विवरणसहित)

वीरगन्ज । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पर्सा-३ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त प्रसाद चौरसियाको अग्रता कायम छ ।

ताजा मतगणना अनुसार उनले १९ हजार ५२८ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी ले १२ हजार ७०६ मत पाएका छन्।

यहां दोस्रो र तेस्रोबिचको मतान्तर ठूलो देखिएको निर्वाचन कार्यालयको विवरण छ ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका रुपेश कुमार पाण्डेयले ८ हजार ८२३ मत पाएका छन् । भने नेपाली कम्युनिस्ट पार्टीका छोटेलाल प्रसाद यादव १८ सय २ मतसहित चौथौ स्थानमा छन् ।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ४७ हजार ६९८ मत खसेको छ । जसमा ३४ सय ९८ मत बदर भएको निर्वाचन अधिकृत बुद्धीलाल श्रेष्ठले बताए ।

पर्सा-३ मा कुल ९६ हजार ५४१ जना मतदाता छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै