ट्रेन्डिङ

पर्सा क्षेत्र ४ मा रास्वपाका टेकबहादुर शाक्य विजयी

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर शाक्य विजयी भएका छन् ।

शाक्यले नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाललाई १५ हजार ४ सय ७२ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाक्यले २८ हजार ६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रिजालले १२ हजार ५ सय ३४ मत पाएका छन् ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १ सय ४५ मत प्राप्त गरेका छन् ।

पर्सा–४ मा रहेका ९५ हजार २ सय १३ मतदातामध्ये ६४ हजार ९ सय ६७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै