ट्रेन्डिङ

पर्सा क्षेत्र १ मा घन्टीको खाता खुल्यो, १४२४४ बढी मतले हरि पन्त विजयी

वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पन्तले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् । पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।

पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए । तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन परिणाम अनुसार पन्तले स्पष्ट अग्रता लिएर जित हासिल गरेका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै