जनकपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिषकुमार झा विजयी भएका छन् ।
मधेश प्रदेशमा पनि रास्वपाले पहिलो प्रतिनिधिसभा सिट जित्दै आफ्नो खाता खोलेको हो ।
झाले नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई २७ हजार १५० मतान्तरले पराजित गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाले ४३ हजार १४२ मत प्राप्त गर्दा निधिले १५ हजार ९९२ मत मात्र पाए ।
त्यस्तै नेकपा एमालेकी जुलीकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरिन् भने नेपाली कम्युनिस्ट पार्टीका रामललित मण्डलले ५१६ मत ल्याएका छन् ।
धनुषा–३ मा झाको जितसँगै रास्वपाले मधेश प्रदेशमा पहिलो पटक प्रतिनिधिसभा सिट जित्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
देशभरको मतपरिणामअनुसार हालसम्म रास्वपा ११ स्थानमा विजयी भइसकेको छ भने १०३ स्थानमा अग्रता कायम गरेको छ ।