वीरगन्ज । पर्सा जिल्लाको दुइ निर्वाचन क्षेत्रमा मतगणना केही बेरमा सुरु हुँदैछ ।
मतदान सकिएको १७ घन्टा पछाडि पर्समा २ निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन लागेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ र २ मतगणना केही बेरमा सुरु गरिने सर्वदलीय सहमति भएको छ ।
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बसेको सर्वदलीय बैठकको सहमति अनुसार बिहान १० देखि मतगणना गरिने भएको छ ।
मतगणनाको नतिजा २४ घन्टाभित्र ल्याउने गरी तयारी गरिएको पर्साको सिडिओ भोला दाहालले बताए ।