वीरगन्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज मधेस झर्दैछन ।
आसन्न निर्वाचनमा चुनावी सभालाइ सम्बोधनका लागि सभापति थापा आज मधेसका पर्सा र बारा आउन लागेका हुन ।
सभापति थापाले पर्सामा आयोजित दुइवटा सभालाइ सम्बोधन गर्ने र बाराका दुइ सभालाइ सम्बोधन गर्ने कार्यतालिका रहेको जनाइएको छ । दुइवटै कार्यक्रमको सम्बोधन पछि आजै उनी काठमाडौं फर्किने तालिका रहेको छ ।
सभापति थापाले पर्साको क्षेत्र नम्बर १ र ३ मा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्ने कार्यतालिका रहेको छ भने बाराको प्रसौनी र कोल्बीमा आयोजित सभालाइ सम्बोधन गर्ने तालिका रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
नेपाली कांग्रेस पर्साका अनुसार वीरगन्जको घन्टाघरस्थित बिपी उद्यानमा आयोजित आमसभा कार्यक्रम र क्षेत्र नम्बर ३ को पोखरियामा आयोजित कोण सभा कार्यक्रममा सम्बोधन गर्ने सूचि छ ।
सभापति थापा शनिबार दिउँसो हेलिक्पटरबाट वीरगन्ज आउन लागेको जनाइएको छ ।