वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अनिल रुंग्टा ले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
नेपाली कांग्रेस क्षेत्र नम्बर–१ का उम्मेदवार रुंग्टाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–३१ मा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन्।
वडाको प्रसौनी र कोनिहियामा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनमा आफूलाई विजयी गराउन आग्रह गरे।
घरदैलो कार्यक्रममा सयौंको संख्यामा कांग्रेस कार्यकर्ताको सहभागिता देखिएको थियो।
टोल–टोलमा पुगेका रुंग्टाले मतदाताका गुनासा र सुझाव सुन्दै विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
मतदाताले खानेपानी, सडक, ढल निकास, रोजगारी र सेवा प्रवाहसँग सम्बन्धित समस्या राखेका थिए।
त्यसक्रममा उम्मेदवार रुंग्टाले “जनताको समस्या नै मेरो समस्या हो, समाधानका लागि निरन्तर पहल गर्नेछु” भन्दै प्रतिबद्धता जनाए।
निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातेको छ भने रुंग्टाले घरदैलोमार्फत मतदाता विश्वास जित्ने रणनीतिलाई तीव्रता दिएका छन्।