ट्रेन्डिङ

मधेसमा कति थान संकलन भयो लाइसेन्सी बन्दुक, कति अझै बाँकी ?

जनकपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशमा इजाजतप्राप्त हातहतियार संकलनको काम तीव्र पारिएको छ।

तर तथ्यांकले भने अधिकांश हतियार अझै नबुझाइएको देखाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालय का अनुसार प्रदेशका आठै जिल्लामा हालसम्म ४८१ थान बन्दुक मात्र प्रहरीको नियन्त्रणमा आएका छन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयहरूमार्फत सार्वजनिक सूचना जारी गरी हातहतियार अनिवार्य रूपमा बुझाउन आग्रह गरिएको थियो।

कार्यालयका अनुसार मधेस प्रदेशभर विभिन्न व्यक्तिसँग इजाजतप्राप्त दुई हजार ५३१ थान हातहतियार दर्ता छन्।

तर तीमध्ये ठूलो संख्या अझै बुझाउन बाँकी छ।

हालसम्मको विवरणअनुसार २ हजार ५० थान हातहतियार संकलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले आ–आफ्नो क्षेत्रका हातहतियारधनीलाई नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई बन्दुक बुझाउन निर्देशन दिएको छ।

प्रहरी स्रोतका अनुसार तोकिएको समयसीमाभित्र हतियार नबुझाए कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

निर्वाचनको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रदेशभर निगरानी बढाइएको र हतियार संकलन अभियान निरन्तर जारी रहने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै