ट्रेन्डिङ

पर्सा–१ मा उम्मेदवार अनिल रुङटाको ‘पावर शो’, घरदैलोमा जनताको उर्लंदो साथ

वीरगन्ज । नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानलाई स्थानीय जनताले भव्य स्वागत गरेका छन्।

वीरगन्ज महानगरपालिका–३२ चोर्नीमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले उत्साहपूर्वक सहभागिता जनाउँदै रुङटालाई फूलमाला, अबिर तथा नारासहित अभिनन्दन गरेका थिए।

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो क्षेत्रको समग्र विकासलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा पूर्वाधार विस्तारलाई योजनाबद्ध रूपमा अघि बढाउने बताए।

घरदैलोका क्रममा उनले स्थानीय नागरिकका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै आफू जनताको विश्वासअनुसार काम गर्ने प्रतिवद्धता जनाए।

“जनताको मत नै मेरो शक्ति हो, क्षेत्रको दिगो विकासका लागि निरन्तर लागिरहनेछु,” उनले भने।

यसैबीच प्रचारप्रसार समितिका मधेश प्रदेश सदस्य राहुल गुप्ताले कोनियामा सम्पन्न घरदैलो कार्यक्रम अत्यन्त उत्साहजनक र प्रभावकारी रहेको जानकारी दिए।

उनका अनुसार स्थानीय जनताको उल्लेखनीय सहभागिताले आगामी निर्वाचनमा सकारात्मक संकेत देखिएको छ।

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कोनिया र चोर्नी क्षेत्रमा सम्पन्न घरदैलो अभियानसँगै पर्सा क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप तातेको देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै