वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्त वीरगन्ज महानगरपालिका–१८ भवानीपुरमा सबै पुस्ताको साझा रोजाइ बन्ने संकेत देखिएको छ ।
आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा जेनजी, युवा, प्रौढ तथा वृद्धसम्मको उल्लेख्य सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।
स्थानीय बासिन्दाको बाक्लो उपस्थितिले पन्तप्रति बढ्दो समर्थन झल्किएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूको औपचारिक उपस्थिति रहेको थियो।
स्थानीय तहमा प्रभाव राख्ने व्यक्तित्वहरूको सहभागिताले चुनावी माहोल थप तातेको देखिएको छ।
भेटघाटका क्रममा सहभागीहरूले पुराना दलप्रति बढ्दो निराशा व्यक्त गर्दै वैकल्पिक शक्तिको खोजी नै आफ्नो निर्णयको मुख्य कारण भएको बताए।
पारदर्शिता, सुशासन र युवा नेतृत्वको प्रतिबद्धताले आफूहरूलाई रास्वपातर्फ आकर्षित गरेको उनीहरूको भनाइ थियो।
उम्मेदवार पन्तले जनताको विश्वासलाई परिवर्तन र परिणाममुखी राजनीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रको समग्र विकासका लागि निरन्तर लागिरहने बताए।