वीरगन्ज । दुइ समुदायबिचको उत्पन्न विवादलाइ मध्यनजर गर्दै पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साले तोकेको सीमाअनुसार कर्फ्यू क्षेत्रभित्र निम्न स्थानहरू समेटिएका छन्–
• पूर्व: बाइपास रोड
• पश्चिम: सिर्सिया नदी
• उत्तर: गण्डक चौक
• दक्षिण: शंकराचार्य गेट
उक्त चार किल्लाभित्र सर्वसाधारणलाई आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको छ। साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ।
प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक सेवामा संलग्न सवारी साधनहरू—एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीलाई भने आवश्यक समन्वयपछि आवागमनमा सहजीकरण गरिने जनाएको छ।
सुरक्षा संवेदनशीलता बढेपछि प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न यो निर्णय लिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ्।
