काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आइतबार बढेर ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।
आइतबार चाँदी प्रतितोला ३७५ रुपैयाँले बढ्दै ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो शुक्रबार चाँदी ५ हजार ५० रुपैयाँ प्रतितोला रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।
पछिल्लो मूल्यवृद्धिसँगै बजारमा किनबेचको गतिविधि प्रभावित हुन सक्ने अनुमान गरिएको छ।