ट्रेन्डिङ

कांग्रेस उम्मेदवार रिजालको घरदैलो, कहाँ-कहाँ भेटे मतदाता ?

वीरगन्ज । नेपाली कांग्रेसको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले चुनावी अभियानलाई तीव्रता दिँदै घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

उम्मेदवार रिजालले धोबिनी गाउँपालिका वडा नम्बर–५ अन्तर्गत जगरनाथपुर, नवकाटोला, छोटकी धोबिनी र धोबिनी गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।

घरदैलोका क्रममा उनले स्थानीय विकास, शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण तथा युवालाई रोजगारी सिर्जनामा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

क्षेत्रको आधारभूत पूर्वाधार सुदृढ गर्दै जनताको जीवनस्तर उकास्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो।

स्थानीय बासिन्दाले खानेपानी, सडक स्तरोन्नति, कृषि सिँचाइ र युवाको विदेश पलायन रोक्ने विषयमा चासो राखेका थिए।

उम्मेदवार रिजालले जनताको सुझावलाई आफ्नो चुनावी एजेण्डामा समेट्ने आश्वासन दिएका छन्।

घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाली कांग्रेसले पर्सा–४ मा जित सुनिश्चित गर्न घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै