ट्रेन्डिङ

वीरगन्ज–८ मा रुंग्टाको घरदैलो: शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिकता

वीरगन्ज । नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुंग्टा आज वीरगन्ज महानगरपालिका–८ गहवामा घरदैलो कार्यक्रममा गरेका छन ।

घरदैलोका क्रममा उम्मेदवार रुंग्टाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्ना चुनावी प्रतिबद्धता प्रस्तुत गरेका छन्।

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने स्पष्ट पारे।

रुङ्टाले समावेशी विकासको मार्गमा अघि बढ्दै सबै समुदायलाई समेट्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे।

“युवालाई उद्यमशीलता, सीपमूलक तालिम र स्वरोजगारतर्फ प्रेरित गर्दै आत्मनिर्भर भविष्य निर्माण गर्नु हाम्रो लक्ष्य हो,” उनले भने।

स्थानीय समस्या, विकासका अधुरा योजना र आधारभूत सेवाको सुधारबारे मतदाताबाट सुझावसमेत संकलन गरिएको थियो।

आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरी सहयोग गर्न रुङ्टाले मतदातासमक्ष हार्दिक अपिल गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै