ट्रेन्डिङ

पर्सा–४ मा रिजालको आक्रामक घरदैलो: कालिकामाई–२ भेडिहारीबाट कांग्रेसको शक्ति प्रदर्शन

वीरगन्ज । पर्सा क्षेत्र नम्बर–४ मा चुनावी माहोल तातेको छ। नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश रिजाल यतिबेला आक्रामक चुनावी अभियानमा उत्रिएका छन्।

मतदाताको घरदैलोमै पुगेर समर्थन जुटाउने रणनीतिसहित रिजालले अभियानलाई तीव्र बनाएका हुन्।

आज बिहान उनले कालिकामाई गाउँपालिका–२ भेडिहारीमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरे।

घरदैलोका क्रममा रिजालले प्रत्येक टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए।

स्थानीय बासिन्दाले विगतका अधुरा योजना, पूर्वाधारको अभाव र रोजगारी संकटबारे गुनासो पोखेका थिए।

जवाफमा रिजालले “अबको पाँच वर्ष पर्सा–४ को समग्र विकासका लागि निर्णायक हुने” भन्दै जनतासँग स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रममा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो।

गाउँ–गाउँमा बढ्दो सहभागिताले कांग्रेसको अभियान बलियो बन्दै गएको सन्देश दिएको नेताहरूको दाबी छ।

पर्सा–४ मा चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा रिजालले जनताको घरआँगनमै पुगेर भरोसा जित्ने रणनीति अपनाएका छन्।

भेडिहारीबाट सुरु भएको यो आक्रामक अभियानले क्षेत्रको चुनावी समीकरणमा नयाँ तरंग ल्याएको चर्चा सुरु भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै