ट्रेन्डिङ

मधेसमा आज कस्तो रहला मौसम? बिहान हुस्सु, दिउँसो खुल्ने सम्भावना

जनकपुर । पश्चिमी वायुको आंशिक प्रभाव देशभर देखिए पनि मधेस प्रदेशमा भने आज मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानका समयमा मधेसका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ, जसका कारण सवारी आवागमनमा आंशिक असर पर्न सक्ने देखिन्छ।

विशेषगरी मध्यान्हसम्म तराई क्षेत्रमा बाक्लो हुस्सु बस्न सक्ने भएकाले राजमार्ग र भित्री सडक प्रयोग गर्ने सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

दिउँसोपछि भने मौसम क्रमशः खुल्दै जाने र घाम लाग्ने सम्भावना रहेको nछ।

आज राति पनि मधेसका थोरै स्थानमा तुवाँलो रहने अनुमान गरिएको छ। वर्षा वा हिमपातको सम्भावना भने मधेस क्षेत्रमा नरहेको महाशाखाले स्पष्ट पारेको छ।

चिसो बढ्दै गएकाले बिहान–बेलुका विशेष सावधानी अपनाउन र स्वास्थ्य सुरक्षामा ध्यान दिन सर्वसाधारणलाई सुझाव दिइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै