वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) बुधबार सर्लाही आउदैँछन् ।
साह निर्वाचन प्रचार प्रसार कार्यक्रमका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा आउने तालिका रहेको रास्वाले जनाएको छ ।
जसअनुसार उनी बिहान ८:०० बजे मलङ्वा बाट प्रस्थान गर्नेछन्। मलङ्वाबाट गोडैटा हुँदै हुलाकी सडकमार्गबाट गडहिया चौक–छतौना–धुर्वा–खैर्वा बजार–बहुअर्वा–बैरिया–सिसौट बजार हुँदै मानपुर बैरेज जानेछन् ।
त्यसपछि पिपराभिता–हजरिया हुँदै बरहथवा बजार सम्म पुग्ने रुट तय गरिएको छ ।
सो क्रममा विभिन्न स्थानहरूमा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट, अभिवादनको कार्यक्रम रहेको बताइएको छ।
रास्वपाले आम नागरिकलाई आ–आफ्नो नजिक पर्ने स्थानमा उपस्थित भई बालेनलाई स्वागत तथा समर्थन जनाउन आग्रह गरेको छ।