ट्रेन्डिङ

वीरगन्ज–१६ भन्सार टोलमा जनमत उम्मेदवार सरार्फको घरदैलो, महिला सशक्तीकरण प्राथमिकतामा

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ भन्सार टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले महिलाको सम्मान बिना समाज समृद्ध हुन नसक्ने स्पष्ट पार्दै महिला सशक्तीकरणका लागि आफूसँग ठोस ‘रोडम्याप’ रहेको बताए।

उनले महिला साक्षरता, सीप विकास, उद्यमशीलता तथा आयआर्जनसँग महिलालाई जोडेर आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे।

सरार्फले वीरगन्जका सरोकार र विकासका मुद्दा तथा मधेसको अधिकार र पहिचानको सवालमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै संसद तथा सम्बन्धित निकायमा वीरगन्ज र यहाँका नागरिकको शिर ठाडो हुने गरी आवाज उठाउने प्रतिबद्धता जनाए।

देश र मधेसको निकासका लागि स्पष्ट र दीर्घकालीन भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सिके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले ‘हर्न’ चुनाव चिह्नमा मतदान गर्न सम्पूर्ण मतदातासँग अपिल गरे।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले स्वस्फूर्त रूपमा उम्मेदवार सरार्फको भव्य स्वागत तथा सम्मान गरेका थिए।

कार्यक्रममा पूर्व एसएसपी अनुराग द्विवेदी, नेतृ अनिता रौनियार, समानुपातिक उम्मेदवार विजय पासवान र बबिता पुडासैनीसहित नेताहरू नजमा खातुन, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साह लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै