वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रामनरेश यादवले चुनावी अभियानलाई तीव्र बनाएका छन्।
शुक्रबार बिहान यादवले पार्टीका नेता–कार्यकर्ता तथा समर्थकसहित वीरगन्ज महानगरपालिका–३० प्रसोतिपुरमा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्।
घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी प्रतिबद्धता सुनाएका थिए।
कार्यक्रमका क्रममा यादवले मधेसको हक–अधिकार, समानता, रोजगारी र विकासलाई केन्द्रमा राखेर आगामी दिनमा प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले जनताको आत्मसम्मान, पहिचान र अधिकारको संरक्षणका लागि जसपा नेपाल नै भरोसायोग्य विकल्प भएको दाबी गर्दै आगामी निर्वाचनमा साथ र समर्थन गर्न आग्रह गरे।
स्थानीयवासीहरूले घरदैलो कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउँदै उम्मेदवार यादवसँग क्षेत्रका समस्या, आवश्यकता र अपेक्षाबारे छलफल गरेका थिए।
चुनाव नजिकिँदै जाँदा पर्सा क्षेत्र–१ मा जसपा नेपालको गतिविधि थप सक्रिय बन्दै गएको देखिएको छ।
