ट्रेन्डिङ

मन्त्री हुँदा जनताको टाउको झुक्ने काम नगरेको बताउँदै चौरसिया भने- अब तपाईंहरूको मतदानको पालो हो, सहयोग गर्नुस

वीरगन्ज । पर्सागढी नगरपालिकाको वडा नं. ४ मा नेपाली कांग्रेसले आयोजना गरेको वडास्तरीय कार्यकर्ता भेलामा पूर्वमन्त्री अजयकुमार चौरसियाले मतदातालाई कांग्रेसलाई मतदान गर्न सिधा अपील गरेका छन्।

उनले भने, “देश अहिले चुनौतीपूर्ण परिस्थितिमा छ। यसपटक कांग्रेसलाई मतदान गरेर पर्सा र देशलाई बाहिरी खेलबाट बचाउनुहोस्।”

उहाँले आफ्नो राजनीतिक जीवनमा क्षेत्रीय विकास र जनताका लागि गरेको योगदानको समेत चर्चा गर्दै भने, “मैले यस क्षेत्रमा सडक, पुल, बिजुली बत्ती र अन्य पूर्वाधार इमान्दारीपूर्वक निर्माण गरें। मन्त्री हुँदा पनि क्षेत्रको विकासका लागि अन्य मन्त्रालयबाट बजेट ल्याएँ। जनताको टाउको झुक्ने कुनै काम मैले गरेको छैन।”

पूर्वमन्त्रीले नागरिकता कानुनमा आमाको नाम राख्ने व्यवस्था ल्याएको कुरा पनि स्मरण गराउँदै मतदातालाई आगामी चुनावमा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे।

भेलामा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको ठूलो सहभागिता देखिएको थियो।

राजनीतिक विश्लेषकहरूले चौरसियाको यो अपील कांग्रेसको मतदान बढाउने रणनीतिक कदमको रूपमा व्याख्या गरेका छन्।

चौरसियाले आगामी दिनमा पर्सागढीका विभिन्न वडामा घरदैलो कार्यक्रम गर्दै मतदाता भेट्ने कार्यक्रम पनि तय गरिसकेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै