ट्रेन्डिङ

पर्साको छिपहरमाइमा कांग्रेस उम्मेदवार रिजालको आक्रामक घरदैलो, मतदातासँग सिधा संवाद

वीरगन्ज । पर्सा क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार रमेश रिजालले आज बिहान छिपहरमाई गाउँपालिकामा घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

उम्मेदवार रिजालले छिपहरमाई गाउँपालिका वडा नम्बर–१ का मिर्जापुर र भालुवहिया क्षेत्रमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद, भेटघाट र सुझाव संकलन गरेका हुन्।

घरदैलोका क्रममा रिजालले कांग्रेसको नीति र विकास एजेन्डा प्रस्तुत गर्दै स्थानीय समस्या समाधानका लागि आफू दृढ प्रतिबद्ध रहेको बताएका छन्।

उनले “जनतासँगको प्रत्यक्ष संवाद नै परिवर्तनको बलियो आधार हो” भन्दै जनताको भरोसामै राजनीति गर्ने स्पष्ट सन्देश दिएका छन्।

स्थानीयवासीले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता मुद्दा उठाउँदै यसपटक प्रभावकारी र जवाफदेही प्रतिनिधित्व चाहिएको बताएका थिए।

कार्यक्रममा कांग्रेसका स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै