बारा । बारा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी फाल्गुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा स्थानीय मतदाताबीच विकास, सुशासन र इमानदार नेतृत्वबारे गम्भीर बहस सुरु भएको छ।
यही सन्दर्भमा नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री फरमुल्लाह मन्सूरलाई मत दिनुपर्ने साझा आवाज बलियो बन्दै गएको छ।
स्थानीय मतदाताका अनुसार स्वच्छ छवि, इमानदार चरित्र र अनुभवका कारण मन्सूर बारा–३ का लागि भरोसायोग्य नेतृत्वको रूपमा स्थापित छन्।
राजनीतिक लाभभन्दा माथि उठेर जनताको दुःख–सुखमा साथ दिँदै आएका मन्सूरले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीजस्ता आधारभूत सवालमा निरन्तर आवाज उठाउँदै आएको उनीहरूको भनाइ छ।
मतदाताहरू भन्छन्, “देश र क्षेत्रलाई सही दिशामा लैजान स्वच्छ छवि र अनुभव भएको प्रतिनिधि आवश्यक छ। मन्सूरले कहिल्यै भ्रष्टाचार, लोभ वा सत्ताको दुरुपयोगको बाटो रोजेनन्, यही नै उनको सबैभन्दा ठूलो शक्ति हो।”
कांग्रेसका स्थानीय अगुवा तथा बारा जिल्लाका नागरिक समाजका प्रतिनिधिहरूले पनि बारा–३ को समग्र विकासका लागि अनुभवी र इमानदार नेतृत्व अपरिहार्य रहेको बताएका छन्।
उनीहरूका अनुसार मन्सूरले जनतासँग प्रत्यक्ष संवाद गर्ने, समस्या संसदसम्म पुर्याउने र समाधानका लागि निरन्तर पहल गर्ने क्षमताको प्रमाण दिइसकेका छन्।
यस क्षेत्रका बुद्धिजीवी र युवाहरूले भावनामा होइन, विवेक र मूल्यांकनका आधारमा मतदान गर्न आग्रह गरेका छन्।
उनीहरूको भनाइमा, “क्षणिक नाराभन्दा स्थायी विकास चाहिन्छ, र त्यसका लागि फरमुल्लाह मन्सूरजस्तो इमानदार प्रतिनिधि आवश्यक छ।”
चुनाव नजिकिँदै जाँदा जातपातको राजनीतिलाई कहिल्यै प्राथमिकता नदिएका, युवा जोश र जागरले भरिएका मन्सूरको लोकप्रियता झनै बढ्दै गएको बारा जिल्लाका विभिन्न राजनीतिक विश्लेषकहरूको भनाइ छ।
कलैयादेखि उत्तरी तथा दक्षिणी भेगसम्म सबै वर्ग र समुदायले मन्सूरको योगदानको खुलेर प्रशंसा गर्दै उनलाई नै मतदान गर्ने सल्लाह दिन थालेका छन्।
यता उम्मेदवार मन्सूरले आफूले सधैं जनताको सर्वोच्चतालाई पहिलो स्थानमा राखेर राजनीति गरेको प्रतिक्रिया दिएका छन्।
“मैले राजनीतिलाई जनताको सेवा गर्ने थलो बाहेक केही पनि ठानेको छैन,” उनले भने, “बारा–३ का मतदाताको असल सेवक बनेर क्षेत्रको विकासको जिम्मेवारी बहन गर्नेछु।”
मन्सूरले देशमा ‘गगन युग’ सुरु भएको उल्लेख गर्दै नेपाली कांग्रेसले अब सारा नेपालीले गर्व गर्न सक्ने खालको परिवर्तन देखाउने विश्वास व्यक्त गरेका छन्।