ट्रेन्डिङ

सुनको मूल्यमा आज फेरि गिरावट, तोलामा १३ हजार ४ सयले घटयो

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउमा फेरि गिरावट आएको छ । आज बजारमा तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यसैगरी बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो, जुन मूल्य हालसम्मकै उच्च भएकामा फेरि घटिरहेको हो।

त्यसैगरी चाँदीको मूल्यमा गिरावट आएको छ । आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै