वीरगन्ज । वीरगन्जका पत्रकार बिजय कुशवाहा नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् ।
शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनलाइ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले स्वागत गरेका हुन् ।
पत्रकारिता क्षेत्रमा लामो अनुभव बोकेका कुशवाहाको पार्टी प्रवेशले मधेसमा पार्टीको सांगठनिक आधार थप सुदृढ हुने नेताहरूले विश्वास व्यक्त गरेका छन् ।
कुशवाहा विजयपथ डटकमका प्रधान सम्पादक हुन् ।
यसअघि नेपाली काँग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य तथा मधेस प्रदेश अध्यक्ष रहेका कुशवाहा जनता टिभी र हिमालय टिभीमा मधेस ब्यूरो प्रमुखका रूपमा पनि कार्यरत थिए ।
