सिराहा । सिराहा नगरपालिकामा दिनदहाडै गोली प्रहारबाट एक जनाको ज्यान गएको छ।
सिराहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको सिराहा नगरपालिका–७ स्थित मैनाबत्तीखोला किनारको खेतमा हत्या भएको हो।
प्रहरीका अनुसार यादव आफ्नै खेतमा ट्र्याक्टरले जोताइ गरिरहेका बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए।
गोली लागेपछि उनी घटनास्थलमै ढलेका थिए। घटनाको खबर पाउनासाथ स्थानीय वडाध्यक्ष महेशकुमार यादवले प्रहरीलाई सूचना दिएका थिए।
जिल्ला प्रहरी कार्यालय सिराहाले घटनास्थल सुरक्षित गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
आक्रमणकारीको पहिचान र घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने थप विवरण आउन बाँकी छ।