वीरगन्ज । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा मतदान सम्पन्न भएको छ ।
आइतबार तोकिएको मतदान समयभित्र कुल ३४१ मत खसेको छ। दिउँसो ३ बजेसम्म सम्पन्न मतदानमा उल्लेख्य सहभागिता देखिएको हो।
राष्ट्रिय सभा सदस्यका लागि स्थानीय तहतर्फ २६४ मतदाता मध्ये २४२ जनाले मतदान गरेका छन्। तीमध्ये १२५ पुरुष र ११७ महिलाले मत खसालेका छन्।
त्यस्तै, प्रदेश सभातर्फ कुल १०० मतदाता मध्ये ९९ जनाले मतदान गरेका छन्। जसअनुसार ६० पुरुष र ३९ महिलाको सहभागिता रहेको छ।
मतदानमा नेपाल सङ्घीय समाजवादी पार्टीकी प्रदेश सभा सदस्य बिमला अन्सारी भने अनुपस्थित रहिन्।