वीरगन्ज । नेपाली कांग्रेसका पूर्वकेन्द्रिय सदस्य अनिल रुङटाले मनोनयन दर्ता गराएका छन् ।
उनले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार दिउँसो वीरगन्जस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिकरुपले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि मधेससञ्चारसँग कुरा गर्दै उनले समाजमा अमनचयन, शान्ति, समृद्धि, विकास तथा सद्भाव प्रमुख एजेन्डासहित उम्मदेवारी दिएको बताए । उनले भने, ‘पर्सा १ एकदमै राजनीतिको शिकार भएको छ, पूर्व सांसदहरु यहाँ राजनीतिकरण मात्र गरेर दबाउनु भएको छ । त्यसैको निकास गरी त्यहाँको बिकासका लागि चुनाव लड्ने निर्णय गरेको हु ।’