ट्रेन्डिङ

पर्सामा निर्वाचन कार्यालय तयारी अवस्थामा, कसरी हुन्छ मनोनयन प्रक्रिया ?

वीरगन्ज । पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि स्थापना गरिएका सबै निर्वाचन कार्यालयले आवश्यक तयारी पूरा गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ देखि ४ सम्मका सबै कार्यालय पूर्ण रूपमा सञ्चालनका लागि तयार भइसकेका छन् ।

मुख्य निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार आजदेखि उम्मेदवारहरूको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकिएको उनले जानकारी दिए ।

आचार्यले निर्वाचनको प्रशासनिक तथा प्राविधिक सबै तयारी पूरा भइसकेको उल्लेख गर्दै अब प्रक्रिया विधिवत रूपमा अगाडि बढ्ने बताए ।

उनका अनुसार उम्मेदवारले मनोनयन पत्र बुझाएपछि त्यसको रुजु गरिन्छ, आवश्यक शुल्कको नगद रसिद काटिन्छ र त्यसपछि कम्प्युटर प्रणालीमा विवरण प्रविष्ट गरिन्छ ।

सबै प्रक्रिया पूरा भएपछि उम्मेदवारलाई मनोनयनको निशा प्रदान गरिने व्यवस्था गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र सहज बनाउने हिसाबले काम अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै