वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी मनोनयनको समय नजिकिँदै गर्दा पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले पर्सामा सबै नयाँ अनुहारलाई मैदानमा उतारेको जनाएको छ ।
जिल्ला सभापति हरि पन्तका अनुसार पार्टीले परिवर्तन र नयाँ नेतृत्वको सन्देश दिन चारै क्षेत्रमा नयाँ उम्मेदवार चयन गरेको हो ।
पार्टीको निर्णयअनुसार पर्सा क्षेत्र नम्बर–१ बाट हरि पन्त, क्षेत्र नम्बर–२ बाट सुशिल साह कानु, क्षेत्र नम्बर–३ बाट रामाकान्त चौरसिया र क्षेत्र नम्बर–४ बाट टेकबहादुर शाक्य उम्मेदवार बनेका छन् ।
रास्वपाले पर्सामा संगठन सुदृढ गर्दै मतदातामाझ नयाँ विकल्प प्रस्तुत गर्ने रणनीतिअनुसार उम्मेदवार छनोट गरिएको जनाएको छ ।