ट्रेन्डिङ

सिरहामा कांग्रेसको ‘रिसेट बटन’: चारै क्षेत्रमा खडा गर्‍यो नयाँ उम्मेदवार

सिरहा । नेपाली कांग्रेसले सिरहा जिल्लामा यसपटक आक्रामक चुनावी रणनीति अपनाएको छ ।

पार्टीले गठबन्धनको राजनीति त्याग्दै चारै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय मात्र गरेको छैन, सबै क्षेत्रमा पुराना अनुहार हटाएर नयाँ उम्मेदवार अघि सारेको छ ।

कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नं. १ बाट रामसुन्दर चौधरी, क्षेत्र नं. २ बाट रामचन्द्र यादव, क्षेत्र नं. ३ बाट डा. शुभासचन्द्र यादव र क्षेत्र नं. ४ बाट चन्द्रकला देवी यादवलाई उम्मेदवार घोषणा गरेको हो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा–१ बाट पदम नारायण चौधरी र क्षेत्र–२ बाट चित्रलेखा यादव कांग्रेसबाट निर्वाचित भएका थिए ।

क्षेत्र–३ र ४ मा भने कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

पार्टीभित्र नेतृत्व परिवर्तन, संगठन मजबुती र मतदातामा नयाँ उत्साह जगाउने उद्देश्यसहित गरिएको यो निर्णयले सिरहाको चुनावी समीकरण थप रोचक बनाउने चर्चा चुलिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै